स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर
Default Logo

नगरपालिका
विद्युतीय न्याय व्यवस्थापन प्रणाली
(इजलास)

Nepal Flags

सूचना

लिखित जवाफ

उजुरी (फिराद) र लिखितजवाफ (प्रतिउत्तर) पेश गर्दा ध्यान दिनुपर्ने कुराहरुः–

  • (क) वादी(उजुरीकर्ता)को नाम, थर, वतन र थाहा भएसम्म बावु-बाजेको नाम एवं सम्पर्क नम्बर,
  • (ख) प्रतिवादीको नाम, थर र थाहा भएसम्म निजको बाबु-बाजेको नाम, थर, वतन तथा सम्पर्क नम्बर,
  • (ग) उजुरी गर्नुपरेको व्यहोराको विवरण,
  • (घ) सम्बन्धित निर्णयकर्ताको क्षेत्राधिकारभित्रको उजुरी रहेको व्यहोरा र सम्बद्ध कानुनी व्यवस्था,
  • (ङ) वादीले दाबी गरेको विषय र सोसँग सम्बन्धित प्रमाण कागजातहरू,
  • (च) हकदैया र हदम्याद पुगेको कुरा,
  • (छ) कुनै सम्पत्तिसँग सम्बन्धित विषय भएकोमा सो सम्पत्ति भए-रहेको स्थान, अवस्था तथा अचल भए चारकिल्ला सहितको पूर्ण विवरण ।

यसको अतिरिक्त लिखतमा देहायका कुरामा समेत ध्यान दिनु पर्नेछ:

  • १. तोकिएको ढाँचामा कम्प्युटर टाइप गरी वा हस्त लिखित भएमा कालो मसीले लेखेको हनुपर्ने छ ।
  • २. केरमेट भएको स्थान वा ठाँउमा निवेदकले हस्ताक्षर गरी ल्याप्चे लगाएको हुनुपर्ने छ ।
  • ३. पहिलो पाना बाहेकका प्रत्येक पानाको शिर र पुच्छर (माथि र तल) निवेदकको हस्ताक्षर र ल्याप्चे (कालो मसीको) हुनुपर्ने छ ।
  • ४. आफ्नो विवाद सम्वद्ध प्रमाण कागजातहरु जस्तै नागरिकता प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा र विवादसँग सम्बद्ध प्रमाण कागजात पठाउनु पर्नेछ ।